कात्तिक २२ गतेदेखि ३३ देशका नागरिकलाई सबै सीमा खुला गर्ने अमेरिकाको घोषणा – Kanika Khabar
Friday, April 19Nepali News Portal

कात्तिक २२ गतेदेखि ३३ देशका नागरिकलाई सबै सीमा खुला गर्ने अमेरिकाको घोषणा

    मा प्रकाशित

एजेन्सी ।
अमेरिकाले नोभेम्बर ८ अर्थात कात्तिक २२ गतेदेखि ३३ देशका नागरिकलाई सबै सीमा खुला गर्ने घोषणा गरेको छ । कोरोना खोपको पूर्ण मात्रा लगाएकाहरुलाई मात्र सीमा खुला गरिने अमेरिकाले जनाएको छ ।

ह्वाइट हाउसले नयाँ नियम सार्वजनिक गर्दै कोरोनाको दुवै खोप लगाएका र यात्रा गर्नुभन्दा ७२ घण्टाअघिको कोरोना नेगेटिभ रिपोर्ट ल्याउने सबैलाई देशमा प्रवेश दिने जनाएको हो ।

अहिलेको नियमले चीन, भारत, दक्षिण अफ्रिका, इरान, ब्राजिल र केही युरोपेली राष्ट्रबाट आउने गैरअमेरिकीलाई भने अमेरिकामा प्रवेशमा रोक लगाउने छ । ती देश छोडेको १४ दिनपछि मात्र गैरअमेरिकीले अमेरिका प्रवेश गर्न पाउने छन् । कोरोना महामारीका कारण अमेरिकाले लामो समयदेखि आफ्ना अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्