कोरोना अपडेट : पहिलो पटक नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या पहिलो पटक १ मा झर्‍यो – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना अपडेट : पहिलो पटक नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या पहिलो पटक १ मा झर्‍यो

    मा प्रकाशित

असोज ३१, दाङ ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या पहिलो पटक एकमा झरेको छ । पछिल्लो केही दिनदेखि कोरोनाका कारण मृत्यु हुनेदरमा कमि आए पनि औसतमा १० जनाको दैनिक मृत्यु हुने गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा १ जनाको मात्रै कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेदर शून्य नजिक पुगे पनि सङ्क्रमण दर भने अझैँ १ सयभन्दा बढी रहेको छ । त्यसैले सावधानी अपनाउन अझैँ जरुरी रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताउनुभयो ।

गत २४ घन्टामा देशभर १ सय ४७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ८ सय ४५ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ५ सय ९८ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्