साफ च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल ३–० ले पराजित – Kanika Khabar
Friday, April 19Nepali News Portal

साफ च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल ३–० ले पराजित

    मा प्रकाशित

असोज ३१, दाङ ।
भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।माल्दिभ्समा गएराति भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

 

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले समान एक–एक गोल गरे ।यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जितेको छ । नेपाल भने पहिलो पटक साफमा उपविजेता बनेको छ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो ।नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहँदै साफमा पहिलो पटक फाइनल पुगेको थियो ।

 

यसैबीचनेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोलीलाई अनुभवको कमी देखिएको बताउनुभएको छ । फाइनलमा भारतसँग पराजित भएपछि प्रशिक्षक अल्मुताइरीले नेपाली टोलीलाई फाइनल खेलको अनुभव नभएको कारण हार व्यहोरेको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्