आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै

    मा प्रकाशित

असोज ३१, दाङ ।
युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ ।

विश्वकपको पहिलो दिन आज पहिलो चरण अन्तर्गतका दुई खेल हुनेछन् ।ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीचको खेलदिउँसो पौने ४ बजे हुनेछ ।

यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच बेलुकी पौने ८ बजे प्रतिस्पर्धा हुनेछ । विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी खेल्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्