कृष्णनगरमा झाडापखालाका कारण ४ जनाको मृत्यु, प्रकोप नियन्त्रणमा रहेको सरकारको दावी – Kanika Khabar
Saturday, December 10Nepali News Portal

कृष्णनगरमा झाडापखालाका कारण ४ जनाको मृत्यु, प्रकोप नियन्त्रणमा रहेको सरकारको दावी

    मा प्रकाशित

असोज ३१, कपिलवस्तु ।
सरकारले कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रणमा रहेको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा गत असोज १८ गतेदेखि सुरु भएको झाडापखाला तथा वान्ताको समस्या व्यवस्थापन भएसँगै प्रकोप नियन्त्रणमा आएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा हालसम्म झाडापखाला र वान्ताका कारण ८ सय ८५ जना सङ्क्रमित भएका छन् ।

 

जसमा २५ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् भने ८ सय १९ जना निको भएर घर फर्किसकेका छन् । यस्तै हालसम्म झाडापखालाका कारण ४ जनाको मृत्यु समेत भएको मन्त्रालयले जनाएको छ । सरकारले प्रकोप फैलिएको ठाउँमा आवश्यक औषधि र स्वास्थ्य सामग्रीहरू पठाइसकेको छ भने स्थानीय, प्रदेश र विश्व स्वास्थ्य संगठनसँग निरन्तर समन्वयमा काम गरिरहेको छ । झाडापखाला फैलिएको कारणबारे अनुसन्धान जारी रहेको छ ।

 

विश्व स्वास्थ्य संगठनको समन्वयमा विभिन्न मितिमा सङ्कलन गरिएको दिसाका नमूनाहरू परीक्षण गर्दा भिब्रियो कोलेरा ०१ ओगावा नामक किटाणु फेला परेका छन् । यस्तै खानेपानीका १५ नमूनामध्ये ९ जनामा ई.कोइल देखा परेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्