नेपालमा थप ६ जनाको कोरोनाका कारण मृत्यु, ३ सय ९१ जनामा सङ्क्रमण पुष्टि – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नेपालमा थप ६ जनाको कोरोनाका कारण मृत्यु, ३ सय ९१ जनामा सङ्क्रमण पुष्टि

    मा प्रकाशित

असोज ३१, दाङ ।
नेपालमा थप ६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये थप ६ जनाको मृत्यु भएको हो ।

यसअघि, कोरोनाको दोस्रो लहरपछि हिजो १ जनाको मात्रै कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ८४ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप ३ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ८ हजार ७७ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ९ सय ६६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ सय ८५ र १ हजार १ सय ११ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख ५ हजार ३७ र एन्टीजेन विधिबाट ९३ हजार ३ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ६ सय ८० जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २ सय ९७ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्