नेकपा एकीकृत समाजवादी : ३ सय २५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपा एकीकृत समाजवादी : ३ सय २५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता

    मा प्रकाशित

असोज ३१, काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गर्नुभएको अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिइएको छ । साथै नेता खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

यस्तै मुकुन्द न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा प्रदीप नेपाललाई प्रतिष्ठानहरूको इन्चार्जको जिम्मेवारी दिइएको छ । ४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ । यसैबीच, नेकपा एकीकृत समाजवादीले एक वडा एक सय संगठित सदस्य अभियान चलाउने भएको छ ।

अध्यक्ष माधवकुमार नेपालले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन (अपानी) मा एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य निर्माण गर्न अभियान चलाउने उल्लेख छ । साथै सबै जिल्लामा बढीमा एक महिनाभित्र पार्टी कार्यालय स्थापना गरिसक्ने र पालिका तहमा पनि पार्टी कार्यालय स्थापना गरी कामलाई प्रभावकारी बनाउन भनिएको छ । हरेक प्रदेश र जिल्ला कमिटीलाई संगठन, प्रचार, पार्टी स्कुल र आर्थिक विभाग गठन गर्न समेत अपानीमा भनिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्