सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते, चारको अवस्था गम्भीर – Kanika Khabar
Saturday, December 10Nepali News Portal

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते, चारको अवस्था गम्भीर

    मा प्रकाशित

देवराज सुवेदी
असोज ३१, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिकाबाट काठमाडौँ आउदै गरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै दुर्घटना भएको हो ।

 

दुर्घटनाबाट बसमा सवार रहेका ३५ जना यात्रु घाइते भएका छन् । जसमा सहचालकसहित ४ जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।

 

अन्य घाइतेहरूको खाडिचौर स्थित सिन्धु सदावहार अस्पतालमा उपचार भईरहेको र सबैको अवस्था सामान्य रहेको छ । ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बस रिजर्भको यात्रु बोकेर काठमाडौँ आँउदै थियोे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्