दुई वर्षमा फिफा विश्वकप फुटबल आयोजना हुँदा अन्य खेलकुदमाथि खतरा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दुई वर्षमा फिफा विश्वकप फुटबल आयोजना हुँदा अन्य खेलकुदमाथि खतरा

    मा प्रकाशित

असोज ३१, दाङ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले हरेक दुई वर्षमा फिफा विश्वकप फुटबल आयोजना भएमा अन्य खेलकुद र लैङ्गीक समानतामा खतरा हुने बताएको छ ।

फिफाले विश्वकप फुटबल हरेक दुई वर्षमा आयोजना गर्ने तयारी गरिरहदा आईओसीको यस्तो भनाइ आएको हो । आईओसीले दुई वर्षमा आयोजना हुने विश्वकपले अन्य खेलको विविधता र विकासलाई असर गर्ने जनाएको छ ।

यस्तै महिला फुटबललाई चुनौती हुने जनाएको छ । खेलाडीको शारीरिक र मानसिक स्वास्थ्यमा समेत असर गर्ने आईओसीले जनाएको छ । फिफा विश्वकप हरेक चार वर्षमा आयोजना हुँदै आईरहेको छ ।

दोस्रो विश्व युद्दको कारण विश्वकप चार वर्षमा गरिदै आएको हो । महिला विश्वकप भने सन् १९९१ बाटै हरेक चार वर्षमा हुँदै आईरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्