मुगु बस दुर्घटनाका मृतकका परिवारलाई राहत दिइने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

मुगु बस दुर्घटनाका मृतकका परिवारलाई राहत दिइने

    मा प्रकाशित

कात्तिक १, काठमाडौँ ।
गृह मन्त्रालयले गत असोज २६ गते मुगुमा भएको सवारीसाधन दुर्घटनामा मृत्यु भएका परिवारलाई किरिया खर्च र राहत रकम उपलब्ध गराउने भएको छ । दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रुपैयाँ किरिया खर्च र १ लाख आर्थिक सहयोग गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

नेपालगञ्जबाट मुगुको गमगढी तर्फ जादै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ तपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका १३ जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय पनि भएको छ । सरकारले सुनसरी, कैलालीको टीकापुर प्रहरी कार्यालय र पर्वत कारागारमा रहेका एकएक जना व्यक्तिको मृत्युका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।

 

हिजो बसेको गृह मन्त्रालयस्तरको बैठकले सुनसरीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक युवक, कैलालीको टिकापुर ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना र पर्वत कारागारमा रहेका एक जना व्यक्तिको मृत्युको बारेमा छानबिन गर्ने निर्णय गृहमन्त्रालयले गरेको हो । छानबिनका लागि मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता फणिन्द्रमणि पोखरेलले सीआईएनसँग बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्