नेपाली राष्ट्रिय फुटबल टिम आज नेपाल आईपुग्ने – Kanika Khabar
Friday, March 29Nepali News Portal

नेपाली राष्ट्रिय फुटबल टिम आज नेपाल आईपुग्ने

    मा प्रकाशित

साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज नेपाल आईपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टिम आज बिहान नेपाल आईपुग्ने जनाएको छ ।

 

नेपाली टिम बिहान ९ः१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने छ ।मालेमा गएको शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो ।फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट वञ्चित भएको थियो ।

 

नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्