विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख बढी कोरोना संक्रमित थपिए – Kanika Khabar
Friday, April 19Nepali News Portal

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख बढी कोरोना संक्रमित थपिए

    मा प्रकाशित

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख एक हजार ८०७ जना संक्रमित थपिएका हुन् ।

तीमध्ये सबैभन्दा धेरै बेलायतमा ४५ हजार १४०, रुसमा ३४ हजार ३०३, टर्कीमा २४ हजार ११४, अमेरिकामा १७ हजार ९४७, भारतमा १४ हजार २८९ र ब्राजिलमा ५ हजार ७३८ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ४ हजार २३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ९९७, टर्कीमा १८६, भारतमा १६५, अमेरिकामा १६१, ब्राजिलमा १२५ र बेलायतमा ५७ जना छन् ।

२४ घण्टाकै अवधिमा २ लाख ८४ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् ।

निको हुनेमा बेलायतमा ३६ हजार ७०४, टर्कीमा २४ हजार ४०३, अमेरिकामा २२ हजार २५२, भारतमा १९ हजार ५७८, रुसमा १८ हजार ७१७ र बेलायतमा १० हजार ५५७ जना छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्