नेपालमा थपिए ५ सय ९१ नयाँ सङ्क्रमित, थप ९ जनाको मृत्यु – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

नेपालमा थपिए ५ सय ९१ नयाँ सङ्क्रमित, थप ९ जनाको मृत्यु

    मा प्रकाशित

कात्तिक  १, दाङ ।
नेपालमा थप ५ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ९ हजार ६ सय ९७ कोरोना परीक्षण गर्दा ५ सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर ७ हजार ६ सय ५४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ सय २३ जना र २ हजार ४३ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ६८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

 

योसँगै हालसम्म नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख ५ हजार ५ सय ६० र एन्टीजेन विधिबाट ९३ हजार ४ सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ९ सय ३७ जना स्वस्थ भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्