पार्टीको आगामी सम्मेलनको बारेमा माओवादी केन्द्रले थाल्यो छलफल – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पार्टीको आगामी सम्मेलनको बारेमा माओवादी केन्द्रले थाल्यो छलफल

    मा प्रकाशित

कात्तिक १, दाङ ।
नेकपा (माओवादी केन्द्र) ले पार्टीको आगामी सम्मेलनको बारेमा छलफल सुरु गरेको छ । आज केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनको विषयमा छलफल भएको हो ।

प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषयका बारेमा छलफल भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । उहाँले बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरू उठेपनि निष्कर्षमा पुग्न नसकेको भन्दै बैठकमा उठेका कुराहरूलाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने बताउनुभयो ।पार्टीको अर्को स्थायी कमिटीको बैठक भोलि बिहान ८ बजे बस्ने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्