कर्णाली प्रदेश अस्पतालमा अतिरिक्त समयमा विशेषज्ञ सेवा दिइने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कर्णाली प्रदेश अस्पतालमा अतिरिक्त समयमा विशेषज्ञ सेवा दिइने

    मा प्रकाशित

कात्तिक १, कर्णाली ।
कर्णाली प्रदेश अस्पतालले अतिरिक्त समयमा विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। आजदेखि विभिन्न रोगहरूको विशेषज्ञ सेवाहरू अतिरिक्त समयमा दिन थालिएको अस्पतपाल प्रशासनले बताएको छ ।

 

अस्पतालमा आजदेखि शनिबारबाहेक हप्तामा ६ दिन दैनिक दुई घण्टा अतिरिक्त विशेषज्ञ सेवा दिइनेछ । बिहान ७बजेदेखि ९ बजेसम्म विशेषज्ञ डाक्टरहरूबाट सेवाहरू प्रदान गर्न लागिएको कर्णाली प्रदेश अस्पतालले जनाएको छ।बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटीसम्बन्धी रोग, छाला, सौन्दर्य तथा यौन रोग, मानसिक रोगहरुको विशेषज्ञ सेवा अतिरिक्त समय दिन थालिएको अस्पतालले जनाएको छ।

 

अस्पतालमा आउने बिरामीलाई सहज र सरल सेवा पु¥याउने उद्देश्यले अतिरिक्त समय विशेषज्ञ सेवा सुचारु गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताउनुभयो ।बिहानको समयमा दिइने अतिरिक्त विशेषज्ञ सेवाको शुल्क भने नियमित शुल्कभन्दा धेरै तोकिएको छ।

 

बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ सेवाको शुल्क ४ सय रुपैयाँ तोकिएको छ।नियमित समय बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको शुल्क २५ रुपैयाँ छ। खड्काका अनुसार अस्पतालको क्याविनमा बसेर सर्जरी सेवा लिनका लागि ५० प्रतिशत अतिरिक्त शुल्क तोकिएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्