मौसम अपडेट : पूर्वी नेपालमा भारी वर्षा, देशभर बदली – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मौसम अपडेट : पूर्वी नेपालमा भारी वर्षा, देशभर बदली

    मा प्रकाशित

कात्तिक ३, दाङ ।
आज पनि देशभर मौसम बदली हुने र पूर्वी नेपालमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा सोमबारदेखि अविरल वर्षा भइरहेको छ ।

आज बुधबार प्रदेश १ र प्रदेश २, वाग्मती, र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ । अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्