बेमौसमी वर्षा : मृतककाे सङ्ख्या ४८ पुग्याे, ३१ बेपत्ता – Kanika Khabar
Friday, April 19Nepali News Portal

बेमौसमी वर्षा : मृतककाे सङ्ख्या ४८ पुग्याे, ३१ बेपत्ता

    मा प्रकाशित

कार्तिक ३, दाङ ।
बेमौसमी वर्षाका कारण आएको बाढी पहिरो र डुबानमा परेर ४८ जनाकाे मृत्युु भएकाे छ भने विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् ।

याे समाचार तयार पार्दासम्म गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा ९ जना छन् ।

त्यसपछि पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छ/छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।

मन्त्रालयका अनुसार पहिरामा परेर सबैभन्दा बढी बझाङ्मा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् ।

विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्