‘गहना’ एल्बमको लोकार्पण – Kanika Khabar
Friday, April 19Nepali News Portal

‘गहना’ एल्बमको लोकार्पण

    मा प्रकाशित

कार्तिक ३, दाङ ।
गीतकार प्रकाश केसीद्वारा रचित एवं सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध ‘गहना’ गीतरगजल सङ्ग्रहको लोकार्पण गरिएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा घोराहीमा गहना एल्बमको लोकार्पण गरिएको हो । राप्ती साहित्य परिषद दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं सर्वोच्च अदालतका माननीय न्यायाधीश एवं गीतकार बमकुमार श्रेष्ठको प्रमुख अतिथ्यता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार केएल पीडितले गहना एल्बमको समीक्षा गर्नुभएको थियो ।

May be an image of 6 people, people sitting and people standing

कार्यक्रममा प्रमुख अतिथि बमकुमार श्रेष्ठ, विशिष्ट अतिथि पुरूषोत्तम खनालले शुभकामना ब्यक्त गर्नु भएको थियो भने साहित्यकार तथा पत्रकार केएल पीडितले गीत, गजलसङ्ग्रह गहनाको समीक्षा गर्नु भएको थियो । कार्यक्रममा एल्बमका स्रष्टा गीतकार प्रकाश केसी र सङ्गीतकार सन्तोष श्रेष्ठले आफ्नो भनाई ब्यक्त गर्नु भएको थियो । कार्यक्रम गीतकार प्रकाश केसीको जन्म दिनको अवसरमा उहाँद्वारा रचित गीत तथा गजलहरूको सङ्ग्रह गहनाको लोकार्पण गरिएको हो ।

राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा सचिव एवं एल्बमका स्रष्टा गीतकार प्रकाश केसीले धन्यवाद व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार कमलमणि देबकोटाले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्