बाढी–पहिरो र डुबानमा परेकाहरूको उद्धारका लागि निजी कम्पनीका हेलिकप्टर प्रयोग गरिने – Kanika Khabar
Friday, March 29Nepali News Portal

बाढी–पहिरो र डुबानमा परेकाहरूको उद्धारका लागि निजी कम्पनीका हेलिकप्टर प्रयोग गरिने

    मा प्रकाशित

कार्तिक ३, काठमाडौँ ।
सरकारले अविरल वर्षापछि आएको बाढी–पहिरो र डुबानमा परेकाहरूको खोजी तथा उद्धारमा निजी कम्पनीका हेलिकोप्टरको पनि प्रयोग गर्ने निर्णय गरेको छ ।

पछिल्लो तीनदिन लगातारको वर्षापछिको विपदमा नेपाली सेनाको मात्रै हेलिकोप्टर प्रयोग भएकोमा त्यसले उद्धारमा समस्या हुने देखिएपछि गृह मन्त्रालयले निजी कम्पनीका हेलिकोप्टर पनि प्रयोग गर्ने निर्णय गरेको हो ।

मुलुकभर नै निरन्तरको वर्षातपछिको बाढी–पहिरो र डुबानमा परेकाहरूको खोजी तथा उद्धारकार्यका लागि गृहमन्त्री बालकृष्ण खाँणले निजी हेलिकोप्टर पनि ‘स्ट्यान्डबाई’ राख्न लगाउने निर्णय गर्नुभएको हो ।

आज बिहान गृहमन्त्री खाँणको पहलमा मन्त्रालयमा गृहसचिव टेकनारायण पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला, पर्यटन मन्त्रालयका वायुसेवा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने, निजी वायुसेवा कम्पनीहरूको एशोसिएसनका कार्यकारी निर्देशक कमलेशकुमार वर्मा र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका उपसचिव दिलकुमार तामाङसहितको बैठक बसेको थियो ।

बैठकमा विपदमा परेकाहरूको खोजी तथा उद्धारमा निजी हेलिकोप्टर प्रयोग गर्नुपर्ने ब्रिफिङ भएको थियो । निजी हेलिकोप्टर प्रयोग भएबापतको भुक्तानी गृह मन्त्रालयले दिने पनि सहमति भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्