नेपाल कोरोना अपडेट : सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो – Kanika Khabar
Thursday, December 8Nepali News Portal

नेपाल कोरोना अपडेट : सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो

    मा प्रकाशित

कार्तिक ३, दाङ ।
नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ सय ६२ नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ लाख नाघेको हो ।

कोरोना सम्बन्धी नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले गत २४ घन्टामा देशभर ८ हजार ४ सय २६ कोरोना परीक्षण गरिएको बताउनुभयो । उहाँका अनुसार गत २४ घन्टामा दशेभर ७ हजार २२ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ सय ३५ र १ हजार ४ सय ४ एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय २७ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख ७ हजार ५२ र एन्टीजेन विधिबाट ९३ हजार ६ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने आरटी पिसिआर र एन्टीजेन दुबै विधिबाट हालसम्म ९ लाख ७ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये ७ सय ५८ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ७ लाख ८४ हजार १ सय ५५ पुगेको छ । यस्तै गत २४ घन्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय १८ पुगेको छ । गत २४ घन्टामा देशभर ९ हजार ८ सय २ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर ११ हजार ५ सय ७९ सक्रिय सङ्क्रमित रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्