लमही अस्पताललाई प्रदेश सरकारको मातहतमा लैजाने तयारी : मन्त्री थारु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

लमही अस्पताललाई प्रदेश सरकारको मातहतमा लैजाने तयारी : मन्त्री थारु

    मा प्रकाशित

No description available.
शिवु खनाल
देउखुरी, ३ कात्तिक /
दाङ देउखुरी लमही नगरपालिकाको मातहतमा रहेको लमही अस्पताललाई प्रदेश सरकारको मातहत लैजाने तयारी भएको छ । स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले लमही अस्पताललाई लुम्बिनी प्रदेश सरकारको मातहतमा लैजाने तयारी भएको बताउनुभयो ।

लमही नगरपालिकाबाट रेखदेख पाउँदै आएको पूर्वपश्चिम राजमार्गमा रहेको देउखुरी क्षेत्रकै केन्द्रविन्दु मानिने पन्ध्र शैयाको लमही अस्पताल लुम्बिनी प्रदेश सरकारको मातहतमा लैजाने तयारीलाई देउखुरीबासीले खुसि व्यक्त गरेका छन् । पछिल्लो समय स्रोतसाधन र पूर्वाधार विकासको हिसाबले अस्पतालले राम्रो प्रगति नगरेको भन्दै, कोभिडको बेलासमेत अस्पतालले राम्रो सेवा प्रदान गर्न नसेकेको जनगुनासो स्थानीयबाट आएपछि लमही अस्पतालको स्थलगत अनुगमन तथा निरिक्षण गरेको स्वास्थ्य तथा जनसंख्या परिवार कल्याण मन्त्री इन्द्रजित थारुले बताउनुभयो ।

प्रदेश सरकार मातहत एक प्रदेशमा एक ठूलो अस्पताल बनाउने नीतिअनुसार प्रदेश मातहत लिन लागिएको मन्त्री थारुले बताउनुभयो । मैले सुरुदेखि नै लमही अस्पताललाई प्रदेश सरकारको मातहत राख्नुपर्छ भनेको थिए । मन्त्री हुनुभन्दा अघि संसदमा पनि यस विषयमा बोलेको थिए, मन्त्री थारुले भन्नुभयो,—। ‘स्थानीय तहको मातहतमा रहदा अस्पतालको सेवा सबै खस्किएको छ । सबै कामकाज देखि अस्पतालबाट प्रदान गरिने सेवा सबै लथालिङ् अवस्थामा रहेको छ । अहिले देउखुरी कै केन्द्र विन्दु मानिने लमही अस्पताललाई थप विकास गर्नको लागि यस्तो तयारी गरिएको हो ।’ लमही अस्पताललाई प्रदेश सरकारले आफ्नो मातहतमा लिने तयारी गरिरहेको छ । लमही नगरपालिकाले राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै लुम्बिनी प्रदेश सरकारले आफ्नो मातहतमा तत्काल लैजाने तयारी गरेको हो, मन्त्री थारुले भन्नुभयो,—। ‘लमही अस्पताललाई ढिलो चाडो लुम्बिनी प्रदेश सरकारको मातहतमा ल्याइ थप व्यवस्थित गरिनेछ ।’

लुम्बिनी प्रदेश सरकारको मातहतमा १३ वटा अस्पताल रहेका छन् भने स्थानीय तहको मातहतमा ४ वटा अस्पताल रहेका छन् । जसअन्र्तगत बर्दियाको चिसापानी, कपिलबस्तुको पिपरा, बहादुरगंज र लमही नगरपालिकाको मातहतमा रहेको लमही अस्पताल रहेको छ । यि चारवटै अस्पताललाई स्थानीय तहबाट प्रदेश सरकारको मातहतमा लैजाने तयारी भइरहेको मन्त्री थारुले बताउनुभयो । यता लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले अस्पतालको विकासको लागि आफु सधै सकारात्मक भएको बताउनुभयो । मन्त्री थारुले अस्पतालको प्रयोगशाला, प्रसुती भवन, ईमर्जेन्सी तथा डर्स, फार्मेसी, विमा, सर्पदंश उपचार केन्द्र र एक्सरे कक्षको अनुगमन गर्नुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्