गजेन्द्रको भब्य स्वागतमा जुट्यो बाँके काङ्ग्रेस, राजनीतिमा पुनरागमनको सङ्केत – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

गजेन्द्रको भब्य स्वागतमा जुट्यो बाँके काङ्ग्रेस, राजनीतिमा पुनरागमनको सङ्केत

    मा प्रकाशित

कार्तिक ३, दाङ ।
राजीनामा दिएर निवर्तमान बनेका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल जब गृह जिल्ला बाँकेमा पुगे तब उनको भब्य स्वागतको माहोल जुट्यो । उनी मन्त्रीमा नियुक्त भएपश्चात केही आलोचना सुरु भए लगत्तै विवादमा नपर्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिएका निवर्तमान उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाललाई बाँके काङ्ग्रैसले भब्य स्वागतको कार्यक्रम तय गरेको हो ।

आज बुधबार बाँकेस्थित राँझा विमानस्थलमा स्वागतका लागि पुगेको कार्यकर्ताको भीडले उनको राजनीतिक कद अग्लिएको स्पष्ट हुन्छ । विवादमा नपर्ने र आलोचित नहुने भन्दै राजीनामा दिएका हमाललाई विमानस्थलमा स्वागत गर्नका लागि जुटेको कार्यकर्ताको भीडले उनलाई राजनीतिमा पुनरागमन गराएको आभास गराएको छ ।

 

मुलतः जिल्लामा कोइराला लिगेसी र संस्थापन पक्ष अस्तित्वमा रहेका छन् । तर आज बुधबार हमालको यो स्वागतले यी दुई समूह दुवैलाई झस्काएको मात्र छैन, राजनीतिमा थप चुनौति समेत दिएको छ ।

 

यति बेला चौधौ महाधिवेशनको तयारी चलिरहेको छ । महाधिवेशन चलिरहेको बेला हमालको स्वागतलाई काङ्ग्रेस वृत्तभित्र शक्ति प्रदर्शनका रुपमा समेत विश्लेषण गर्न थालिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो पटक मन्त्री परिषद् विस्तार गर्दा सांसद नरहेका बाँके कांग्रेसका नेता हमाल मन्त्री मण्डलमा समेटिएका थिए । मन्त्री पदको सपथ लिए पनि सांसद नभएका व्यक्ति मन्त्री भएको भन्दै उनको नियुक्तिलाई लिएर निकै आलोचना भएको थियो । हमाललाई प्रधानन्यायाधीशको ‘कोटा’ मा मन्त्री नियुक्त भएको आरोपसमेत लागेको थियो । यस्तो आरोप लाग्न थालेपछि विवादमा नपर्ने भन्दै हमालले नैतिकताको आधारमा मन्त्रीबाट राजीनामा दिएका थिए । उनी तीन दिन मात्र मन्त्री बनेका थिए । मन्त्री बनेको तीन दिनमै उनले राजीनामा दिएका थिए ।

बुधबार गृह जिल्ला फर्किएका हमाललाई राँझा विमानस्थलमा हजारौंको संख्यामा कार्यकर्ताहरुले स्वागत गरे । गृह जिल्ला फर्किएका नेता हमाललाई स्वागत गर्न उनको निर्वाचन क्षेत्रका कर्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो।

हमालको राजनीतिक पृष्ठभूमि

२०२७ सालमा कांग्रेस निकट विद्यार्थी संघठन नेपाल विद्यार्थी संघ बाँकेको उपाध्यक्ष बनेपछि हमालको राजनीति यात्रा औपचारिक रूपमा सुरु भएको थियो । हमालले राजनीतिक यात्रा सुरु गरेको ४ वर्ष पछि २०३१ सालमा नेविसंघ बाँकेको अध्यक्ष भए ।

हमाल पञ्चायत कालमा एक दशकभन्दा लामो समय नेपाली कांग्रेस बाँकेको सभापति थिए । कांग्रेसका स्वर्गीय नेता भाइराजा हमाल परिवारका साइला भाइ हुन् उनी ।
कांग्रेस नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत नेताहरु नेपालगन्ज पुग्दा हमाल परिवारसँग उठबस हुन्थ्यो । त्यस बखत गजेन्द्र हमाल कांग्रेस नेताहरूसँगै हुन्थे ।

विद्यार्थी संघठनबाट राजनीतिक सुरुवात गरेका हमाल देउवा निकट मानिन्छन् । उनी २०५२ सालमा नेपाली कांग्रेस बाँकेको पार्टी सभापति थिए । तर, देउवा निकट भएकै कारण सुशील कोइरालाले हमाललाई पार्टी सभापतिबाट हटाएर आफू निकट कृष्णमान श्रेष्ठलाई सभापति बनाएका थिए ।

देउवाले कांग्रेस विभाजन गरेको समयमा हमाल देउवाको पार्टी नेपाली कांग्रेस ९प्रजातान्त्रिक० बाट ४ वर्षसम्म बाँके जिल्ला सभापति भएका थिए । पछि देउवाकै पहलमा २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट हमालले टिकट पाएका थिए । तर, उनी पराजित भए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्