मौसम अपडेट : आजबाट मुलुकभर वर्षा कम हुँदै – Kanika Khabar
Thursday, March 28Nepali News Portal

मौसम अपडेट : आजबाट मुलुकभर वर्षा कम हुँदै

    मा प्रकाशित

कात्तिक ४, दाङ ।

आज देखि देशभरी नै पानी पर्न कम हुँदै जाने मौसमविद्ले बताएका छन् । गत आइतबारदेखि देशभरी नै झरी पारेको प्रणाली नेपालबाट बाहिरिएकाले अब कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार चार दिन झरी पारेको प्रणालीको थोरै जलवाष्पयुक्त हावा बाँकी रहेकाले देशका थोरै ठाउँमा भने आजपनि पानी पर्नेछ । तर ठूलो वर्षाको सम्भावना भने कतै नरहेको उहाँको भनाइ छ ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशहरुका थोरै स्थान र बाँकी प्रदेशहरुका एकदुई स्थानहरुमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्