चीनबाट रासायनिक मल नेपाल आउन सुरु – Kanika Khabar
Friday, September 29Nepali News Portal

चीनबाट रासायनिक मल नेपाल आउन सुरु

    मा प्रकाशित

कात्तिक ४, दाङ ।
कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु भएको छ।तातोपानी नाका हुँदै हिजोसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी काठमाडौं भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।

हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाएको थियो। तर चिनियाँ पक्षले समयमै नेपाल पठाउन चासो नदिएपछि मल आउन ढिलाइ भएको हो। नेपाल सरकारले यसअघि पनि साल्ट ट्रेडिङ कम्पनीमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल मगाएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्