कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने : डब्लूएचओ – Kanika Khabar
Thursday, April 18Nepali News Portal

कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने : डब्लूएचओ

    मा प्रकाशित

कात्तिक ४, दाङ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने चेतावनी दिएको छ । विश्वका गरिब देशहरूको खोपमा पहुँच नभएका कारण कोरोना महामारी सन् २०२२ मा पनि कायम रहने डब्लूएचओले चेतावनी दिएको हो ।

गरिब देशहरूले आवश्यकता अनुसार खोप पाउन नसक्नु महामारी लम्बिनुको कारण बन्ने देखिएको भन्दै डब्लुएचओले खोपको सहयोगमा बिस्तार गर्न अपील गरेको छ ।डब्लुएचओका सिनियर लिडर डाक्टर ब्रुस यलवार्डले गरिब देशले आवश्यकता अनुसारको खोप नपाउनु, कोरोना भाइरसको महामारी सन् २०२२ सम्म सहज रुपमा लम्बिनु भएको बताउनुभयो । अहिलेसम्म सबैभन्दा कम खोप अफ्रिकामा पुगेको छ ।

 

अफ्रिकाका पाँच प्रतिशत भन्दा कम मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अरु महादेशमा ४० प्रतिशतसम्मले खोप लगाएका छन् । डाक्टर यलवार्डले धनी देशहरुलाई खोप उत्पादक कम्पनीहरुमा गरेको आफ्नो खोपको मागलाई त्याग गर्न आग्रह गर्नुभएको छ । धनी देशले आफ्नो आवश्यकता भन्दा बढी खोप मौज्दात गरेका कारण उत्पादकहरुले कम आय भएका देशहरुलाई प्राथमिकता दिन नसकेको उहाँको भनाइ छ ।

 

 

यस्तै धनी देशहरुले वाचा गरे अनुसारको खोपको आपूर्ति गर्न पनि उहाँले आग्रह गर्नुभयो । द पिपुल्स भ्याक्सिनले हालै सार्वजनिक गरेको तथ्याङ्गक अनुसार खोप उत्पादक तथा धनी देशहरुले वाचा गरेको मध्ये सातमा एक खोप मात्रै अहिलेसम्म गरिब देशहरुमा पुगेको छ ।अहिलेसम्म खोपको पहुँचमा सबैभन्दा पछि रहेको अफ्रिकामा विश्वभर लगाइएको खोपको मात्रै २ दशमलव ६ प्रतिशत रहेको बीबीसीले जनाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्