टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुदैँ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुदैँ

    मा प्रकाशित

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुदँैैछ । आजको पहिलो खेल बंगलादेश र पपुवा न्युगिनीबीच हुनेछ भने दोस्रो खेलमा ओमन र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल दुबईको अल अमिरात क्रिकेट मैदानमा हुनेछ ।

 

गएराति भएको खेलमा भने श्रीलंका विजयी भएको छ । अकाबुधाबीमा आयरल्याण्डलाई ७० रनले पराजित गर्दै श्रीलंकाले लगातार दोस्रो जित निकालेको हो ।श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटिएको थियो ।

 

यस अघि पहिले ब्याटिङ्गगरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । यस जितसँगै श्रीलंकाले सुपर १२ स्थान पक्का गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्