दाङमा भाइले धारिलो हतियार प्रहार गर्दा दाइ गम्भीर घाइते – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

दाङमा भाइले धारिलो हतियार प्रहार गर्दा दाइ गम्भीर घाइते

    मा प्रकाशित

४ कार्तिक, दाङ ।
दाङमा भाइले धारिलो हतियार प्रहार गर्दा दाइ गम्भीर घाइते भएका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर १ नयाँ बस्ती निबासी ३० वर्षिय लिला बहादुर वलीले आफ्नै दाई ३८ बर्षिय देब बहादुर वलीलाई धारीलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका हुन ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालका अनुसार गएराति करिब १० बजे घरायसी विवादमा भाइले दाईलाई धारीलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

गम्भीर घाइते भएका देबबहादुरलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको छ । धारीलो हतियार प्रहार गर्ने लिलाबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको उहाँको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्