नेकपा माओवादी केन्द्रको ३२ विभाग र १ प्रतिष्ठान प्रमुखको टुङ्गो लगाइयो – Kanika Khabar
Friday, March 29Nepali News Portal

नेकपा माओवादी केन्द्रको ३२ विभाग र १ प्रतिष्ठान प्रमुखको टुङ्गो लगाइयो

    मा प्रकाशित

कात्तिक ४, दाङ ।
नेकपा (माओवादी केन्द्र) ले विभाग र प्रतिष्ठान प्रमुखको टुङ्गो लगाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुङ्गो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

 

अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृकाप्रसाद यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, कोष तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागमा विना मगरलाई जिम्मा दिइएको छ ।यस्तै, जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानव अधिकार विभागमा मुक्ति प्रधान, पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रचारप्रसार तथा प्रकाशन विभागमा कृष्णबहादुर महरा, प्रादेशिक मामिला विभागमा परशुराम तामाङ रहेका छन्।स्कुल विभागको प्रमुखमा गिरिराजमणि पोखरेल तथा इन्चार्जमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्।

 

पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन, राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, वन तथा वातावरण विभागमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभागमा गणेश साह र विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ रहेका छन्।यस्तै, शिक्षा तथा मानव स्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, संगठन विभागमा जनार्दन शर्मा, संघीय संसदीय विभागमा देवप्रसाद गुरुङ, समाज कल्याण विभागमा सत्या पहाडी, सहकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवकोटा, सहरी विभागमा देवेन्द्र पौडेल, सामान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत, साहित्य, कला तथा संस्कृति विभागमा गोपाल ठाकुर, स्थानीय तथा विकास विभागमा उर्मिला अर्याल र स्वास्थ्य तथा जनसंख्या विभागमा कल्पना धमलालाई संयोजक तोकिएको प्रवक्ता महराले जानकारी दिनुभयो ।

 

 

सबै विभागमा बढीमा ३५ जना सदस्य रहनेछन्। बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको पनि गठन गरेको छ। प्रतिष्ठानको अध्यक्षमा रामचन्द्र झा छन्। विपद् व्यवस्थापन विभाग गठन गर्न बाँकी रहेको छ। बैठकले डिलाराम आचार्यको संयोजकत्वमा १ सय ७५ सदस्यीय सम्पर्क समितिसमेत गठन गरेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्