किरीयामा बसेको बिक परिवारलाई अभियानले गरे आर्थिक सहयोग – Kanika Khabar
Friday, April 19Nepali News Portal

किरीयामा बसेको बिक परिवारलाई अभियानले गरे आर्थिक सहयोग

    मा प्रकाशित

कार्तिक ४, दाङ ।
निरन्तर रुपमा सामाजिक अभियानमा लागिरहने अभियान आज बिहीबार फेरि अर्को अभियानमा जुटेका छन् । समाजमा देखिएका समस्यामा समाधान बनेर ठिङ्ग उभिने नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाजसेवी अभियान बस्नेत आज फेरि एउटा परिवारको सहारा बनेर उभिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बघौसी निवासी, २ बर्ष अघि घरबाट हराएका जयबहादुर बि. क. को मृत्यु पुष्टि भएपछि काज किरीयामा बसेको परिवार सकसमा थियो ।

दशगात्र किरीया बसेको बिक परिवारको घरमा किरीया खर्च, खाद्यान्न तथा शुद्धशान्तिका दिन फेर्नै नयाँ कपडा समेत नभएको सुचना प्राप्त भएपछि समस्या समाधानका लागि अभियान त्यहाँ पुगेका थिए । बिकको घरमै पुगेर बस्नेतले शोकाकुल परिवारजनहरुलाई नगद धनराशी सहयोग गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्