डोटीका घाइते र बिरामी २ जनालाई हेलिकप्टरबाट उद्धार – Kanika Khabar
Friday, March 29Nepali News Portal

डोटीका घाइते र बिरामी २ जनालाई हेलिकप्टरबाट उद्धार

    मा प्रकाशित

कार्तिक ५, डोटी ।
डोटीबाट एक जना घाइते र एक जना गम्भीर बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ सडक बाटो अवरुद्ध हुँदा तत्काल उपचार गनुपर्ने भएपछी उनीहरूलाई हेलीकप्टर मार्फत उद्धार गरिएको हो ।

दिपायल सिलगढी नगरपालिकाका ६ का गम्भीर बिरामी ५५ वर्षीय दीपक नेपाली र वडा नम्बर ९ कलेनाका ३० वर्षका माने आउजी लाई जिल्लामा उपचार हुन नसकेपछि हेलिकप्टरबाट कैलाली लगिएको हो ।

जिल्ला सदरमुकाम सिलगढीबाट कलेना जाने क्रममा चिप्लिएर लडेका माने आउजीको खुट्टामा गम्भीर चोट लागेको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि उहाँलाई कैलाली पठाएको स्थानीय के वि साउदले बताउनुभयो ।

उच्च रक्तचापका अर्का बिरामी दीपक नेपालीबेहोस भएपछि उहाँलाई पनि जिल्लामा उपचार सम्भव नभए पछि कैलालीमै पठाइएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

केहिदिन देखिको अविरल वर्षाका कारण डोटी देखि कैलालीसम्म जाने सडक खण्डमा पहिरो गएको हुँदा सडक अवरुद्ध भएको छ ।

तत्काल उपचार गर्नुपर्ने भएपछि सडक मार्ग नहुँदा प्रदेश सरकारको सहयोगमा नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि कैलाली पठाएको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिनुभयो । साथै डोटी जिल्लाका बाढी पहिरो पीडितहरुका लागी खाद्यान्न र टेन्ट समेत पठाएको जोशीले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्