गजल – Kanika Khabar
Friday, March 29Nepali News Portal

गजल

    मा प्रकाशित

विक्रम वली”नेपाली बाबु”                    
यो म हुँ अनि त्यो मेरो मन हो
शरीरमा पहिरिएको कफन हो

तस्बिर हेरी कोही मान्छे बोल्छ
अरे तिमी त मेरो धड्कन हो

तिमी ठेला ठेलेको मात्र देख्यौ
मैले ठेलेको सिङ्गो जीवन हो

तिमी रोएरै प्यार पाउन खोज्यौ
जेपनि रोएर पाइने त बचपन हो

को भन्छ कानुनमाथि अरु छैन
कानुन उथलपुथल पार्ने धन हो

घोराही -११- दाङ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्