दाङ कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना पुष्टि, ५ जना कोरोना मुक्त, ३१ जना सक्रिय सङ्क्रमित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङ कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना पुष्टि, ५ जना कोरोना मुक्त, ३१ जना सक्रिय सङ्क्रमित

    मा प्रकाशित

५ कार्तिक, दाङ ।
पछिल्लो २४ घण्टामा दाङमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसिआर परीक्षण गर्दा ४ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित हुनेहरुमा घोराहीका पाँच र तुलसीपुरका दुई जना रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैगरी वितेको २४ घण्टामा पाँच जना कोरोना मुक्त भएका छन् ।

मुक्त हुनेमा तुलसीपुरका चार र घोराहीका एक जना रहेको केन्द्रको भनाई छ । आज थपिएका ७ जना सहित अहिले दाङमा कोरोनाका सक्रिय बिरामीको संख्या ३१ जना रहेको छ । ती मध्य २६ जना घरमा, ५ जना आईसीयुमा रहेको केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्