प्रथम हिरा डाँगी स्मृति कप फूटबलको तयारी अन्तिम चरणमा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रथम हिरा डाँगी स्मृति कप फूटबलको तयारी अन्तिम चरणमा

    मा प्रकाशित

लक्ष्मण बस्नेत
५ कार्तिक तुलसीपुर दाङ ।
दाङको तुलसीपुरमा संचालन हुन लागेको सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ को तयारी अन्तिम चरणम पुगेको छ ।
हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा यहि कार्तिक १० गतेदेखि तुलसिपुर ५ अरनिको खेल मैदानमा सुरु हुने प्रतियोगिताको तयारी स्वरुप खेलमैदानको घाँस काट्ने तथा मर्मत,आर्थिक ब्यबस्थापन,टिम दर्ता, अतिथी सत्कार,प्रचार प्रसार लगाएतका अति आवश्यकिय कार्यको तिव्रता संगै तयारी अन्तिम चरणमा आईपुगेको हिरा डागी फाउन्डेसन का अध्यक्ष प्रकाश डागी बमले जानकारी दिएका छन् ।
२०७६ साल चैत ३ गतेका दिन एक समुहको आक्रमण मा परि ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डागीको सम्झनामा स्थानिय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष डागिले जानकारी दिए ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण लामो समय ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिन लागिएको प्रतियोगितामा ईन्डियाको सहारा क्लब, अन्य जिल्ला र स्थानिय गरि १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी,बेस्ट किप्पर, बेस्ट डिफेन्स,बेस्ट मिड फिल्डर,हाई स्कोरर,बेस्ट कोच,बेस्ट मार्चपास लाई जनही ५ हजार तथा ट्रफी ले पुरस्कृत गरिनेछ ! त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडी लाई ट्रफिको ब्यबस्था गरिएको छ ।
कार्तिक १६ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालिका आधारमा खेलाईने छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्