एमालेको दशौँ राष्ट्रिय महाधिवेशन : आज देशभर वडास्तरका अधिवेशन हुँदै – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन : आज देशभर वडास्तरका अधिवेशन हुँदै

    मा प्रकाशित

कार्तिक ६, दाङ ।
नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दशेभर वडास्तरका अधिवेशन हुँदैछ । वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुनेछ । इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई प्रसारण गरिने कार्यक्रम रहेको छ ।

विधान महाधिवेशन सम्पन्न भएको तीन सातापछि एमालेले आज एकै दिन देशभरका ६ हजार सात सय ४३ वडाहरूमा अधिवेशन गर्न लागेको हो ।एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेपार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ ।

एमालेको स्थायी कमिटीको हिजोको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्