देउखुरीमा टाटा सुमाे गाडी दुर्घटना हुँदा ८ जना घाइते, एकजनाकाे अवस्था गम्भीर – Kanika Khabar
Friday, March 29Nepali News Portal

देउखुरीमा टाटा सुमाे गाडी दुर्घटना हुँदा ८ जना घाइते, एकजनाकाे अवस्था गम्भीर

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, ६ कार्तिक ।
देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् । प्युठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी शनिबार पौने १ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना भएको हो।

घाइते गणेश बहादुर घर्ती मगरका अनुशार सतबरियामा किनेको जग्गा हेरफेर गर्न आउँदै गर्दा बाटोमा दुर्घटना भएको हो । दुर्घटनामा पर्नेहरूमा प्युठान नगरपालिका विभिन्न वडाका १७ वर्षिया मिना घर्ती, १५ वर्षिया रबिना घर्ती, १० वर्षिय बिजय घर्ती, ३५ वर्षिया जिता घर्ती, २२ वर्षिया कुमारी राना, वर्ष २२ कै लक्ष्मी खड्का, ३ वर्षका आरस खड्का, ५३ वर्षिया दिलसरी राना र लमही ६ देउपुर निवासी वर्ष ३६ को तुल्सिराम न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते मध्य ५३ वर्षिया दिलसरी रानाको अवस्था गम्भीर भएकोले बाहिर रिफर गर्नु पर्ने भएको छ भने अन्यको लमही अस्पतालमा उपचार भैरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्