विद्यालयमा अटोमोबाइल विषयमा अध्यापन छात्राहरूको सहभागिता धेरै – Kanika Khabar
Friday, March 29Nepali News Portal

विद्यालयमा अटोमोबाइल विषयमा अध्यापन छात्राहरूको सहभागिता धेरै

    मा प्रकाशित

भुवन रायमाझी
कार्तिक ६, पाल्पा ।

बाइक, स्कुटर लगायतका साधनको मर्मतमा पुरुषहरू संलग्न भएको धेरै देखिन्छ । तर पाल्पाको एउटा विद्यालयले सुरु गरेको अटोमोबाइल विषय अध्ययनमा छात्राहरूको सहभागिता धेरै देखिएको छ, यसबाट महिलाहरू गाडीको मर्मतमा अग्रसर हुने अपेक्षा गरिएको छ ।पाल्पाको तिनाउमा रहेको तिलोत्तमा माध्यमिक विद्यालयले अटोमोवाइल विषय समावेश गरेर पढाउन थालेको छ ।

विद्यालयमा अध्ययनरत एक जना विद्यार्थी अस्मिता दर्लामी यसबाट आफुहरुलाइ भविश्यमा सजिलो हुने विश्वास व्यक्त गर्नुहुन्छ । अटोमोबाइल विषय पढेपछि स्थानीयस्तरमा यात्रुबाहक तथा माल बाहक सवारीसाधनको मर्मत गर्ने ग्यारेज सञ्चालन गर्न सजिलो हुने अपेक्षा विद्यालयको छ । आर्थिक रुपमा कमजोर, विपन्न समुदायका बालबालिकालाई शिक्षण शुल्क तिर्न विद्यालयले बाध्य पारेको छैन ।

 

स्थानीय स्तरमा रोजगारीको सम्भावना रहेकोले अटोमोवाइल सम्वन्धी अध्ययन सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बस्यालको भनाइ छ । पैसा नभएका बालबालिकाहरुलाई अध्ययन गर्न पाउने गरी तिनाउ गाउँपालिकाको सहयोगमा विद्यालयले अटो मोबाइलको १८ महिने कोर्स चलाउने गरेको छ । सीटीईभीटीको मान्यतामा तिलोत्तमा माध्यमिक विद्यालयले २०७६ सालबाट सुरु गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्