हुम्लाका किसान बाढी र पहिरोको दोहोरो मारमा – Kanika Khabar
Thursday, December 1Nepali News Portal

हुम्लाका किसान बाढी र पहिरोको दोहोरो मारमा

    मा प्रकाशित

काली बहादुर थापा
कार्तिक ६, हुम्ला ।
यसैपनि उत्पादन कम भएर खाद्यान्न अभाब र भोकमरीको चिन्ता हुने हुम्लामा यसपटक बर्षाले पाकेको धान नष्ट भएपछि नागरिक चिन्तामा छन् । त्यसमाथी पहिरोका कारण घरबस्ती जोखिममा परेपछि नागरिकको चिन्ता थप बढेको छ ।

 

अदानचुली २ हुम्लाका लाल बहादुर बुढा लगाएको धान पानीले क्षति पु¥याएपछि चिन्तामा हुनुहुन्छ । यस्तै हुम्लाको मध्य क्षेत्र सर्केगाड गाउँपालिकाको बराईको लेख बस्तीका नागरिकलाइ भने धान नष्ट भएको पिरसंगै पहिरोको जोखिम पनि थपिएको छ । माथीबाट खसेको पहिरोको कारण गाउँका ११ घर जोखिममा परेको सर्केगाड ६ बरईका सेर बहादुर रोकायाले बताउनुभयो ।

 

भर्खरै निमार्ण भैरहेको सडकका कारण पनि गाउँमा पहिरोको जोखिम बढेको छ । अदानचुली ४ को लौठी गाउँ,सामुदायीक स्वास्थ्य ईकाई र ज्ञानोदय माध्यामिक बिद्यालय पहिरोकै कारण जोखिममा परेका छन् । बेमौसमी बर्षाका कारण धान खेती नष्ट हुनुका साथै पहिरोको जोखिम बढाएको छ । साथै पहिरोका कारण पिउने पानीको मुहान पनि बगाएपछि पानीको पनि अभाब झेलिरहेको अदानचुली ४ कटेलगाउँका मनरुप बुमीले बताउनुभयो । देशभरका किसान जस्तै हुम्लाका किसानहरु पनि बाढी र पहिरोको दोहोरो मारमा परेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्