उपमेयर कप राष्ट्रिय महिला लिगछनोट प्रतियोगितामाबाग्मती नगरपालिकाको दोस्रो जित – Kanika Khabar
Saturday, April 20Nepali News Portal

उपमेयर कप राष्ट्रिय महिला लिगछनोट प्रतियोगितामाबाग्मती नगरपालिकाको दोस्रो जित

    मा प्रकाशित

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा बाग्मती नगरपालिकाले दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आज गोदावरी नगरपालिकालाई ७ – ० गोल अन्तरले पराजित गर्दै बागमतीले दोस्रो जित निकालेको हो । बाग्मतीको जितमा रश्मी कुमारी घिसिङले ४ गोल गर्नुभयो । गीता राना, सदिपा ब्लोन र अनु राईले एक एक गोल गर्नुभयो । यस अघि बाग्मतीले महालक्ष्मी नगरपालिकालाई ९ – ० गोल अन्तरले हराएको थियो ।

 

यस्तै,कन्काई नगरपालिकाले पनि उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । महालक्ष्मी नगरपालिकालाई १९ – ० गोल अन्तरले हराउँदै कन्काईले दोस्रो जित निकालेको हो । कन्काईको जितमा कुशुम खतिवडाले ८ गोल गर्नुभयो । दिपा शाहीले ५ तथा सिमरन राई र ममता राउतले २ ÷ २ गोल गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्