बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    मा प्रकाशित

कार्तिक ७, दाङ ।    देशभर आज र भोलि (आइतबार र सोमबार) ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ ।

सरकारले देशभरका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ ।

सरकारले प्रत्येक वर्ष ३ र ४ कात्तिकमा भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैँ परेकाले ७ र ८ कात्तिकमा खुवाउन लागिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्