आज सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि

    मा प्रकाशित

काठमाडौँ, कात्तिक ७  । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ६०० हुनेछ जसको मूल्य शुक्रबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २६० पुगेको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्