सल्यानमा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सल्यानमा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु

    मा प्रकाशित

सल्यान ७ कात्तिक । सल्यानको कपुरकोटमा भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । थारमारेबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ च १८९० नम्वरडबल क्यापजिप आइतबार विहान आठ बजेतिर कपुरकोट गाउँपालिका ३ मुलपानीमा दुर्घटना हुँदा बागचौर नगरपालिका १ थारमा्रे बस्ने १८ बर्षिय आशिस बस्नेतको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी गम्भीर घाईते भएका उहाँलाई उपचारका लागी राप्ती प्रादेशिक तुलसीपुरतर्फ लयाउदै गर्दा बाटोमै ज्यान भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

यस्तैगरी दुर्घटनामा परी जिप चालक बागचौर नगरपालिका २ बस्ने २० वर्षीय हिक्मत पुन मगर, सोहि ठाउँका १९ बर्षका अर्जुन के.सी, वडा नम्वर् १ बस्ने बर्ष १४ को आयुस बस्नेत , बर्ष २२ को मनोज बस्नेत,२७ की सिता ओली,बर्ष २८ कि बबिता रावल(रेउले), उहाँकी छोरी बर्ष ११ कि एसिका रेउले घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाईते मध्ये आयुस बस्नेत र बबिता रावललाई थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । जिप तिव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्