दाङमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २१ जना घाईते – Kanika Khabar
Saturday, December 10Nepali News Portal

दाङमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २१ जना घाईते

    मा प्रकाशित

कार्तिक ७, दाङ ।
दाङमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य २१ जना घाईते भएका छन् । आईतबार बेलुका घोराही देखि तुलसीपुर जाँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर ६ मोतिपुरमा दुर्घटना हुदा १ जनाको मृत्यु भएको हो । घाईतेहरुको तुलसीपुरमा उपचार भैरहेको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० कटुकी निबासी बसका सहचालक २८ बर्षका प्रेम परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । बसले च्यापीएका परियारको उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ बटोलपुर निबासी ५० बर्षकी चन्द्रकुमारी चौधरी, तुलसीपुर – १३ निबासी १९ बर्षकी मनिषा विक, सोही ठाउँ निबासी २५ बर्षका किरण नेपाली, तुलसीपुर–६ मोतिपुर निबासी १८ बर्षकी संगिता वली, तल्लो फिल्महल निबासी अल्का वली, तुलसीपुर– १२ निबासी ४५ बर्षकी सरस्वती नेपाली, ४३ बर्षकी सरस्वती विक, तुलसीपुर –७ निबासी ३४ बर्षकी भिमकुमारी विक, जिल्ला रोल्पा गंगादेव गाउँपालिका–७ निबासी ४० बर्षकी बेलमती कामी, गढवा गाउँपालिका–५ निबासी सिताकुमारी चौधरी, तुलसीपुर –१७ निबासी २४ बर्षकी संगिता महर, सोही ठाउँनिबासी ६४ बर्षकी खली नेपाली, धर्म नेपाली, दंगीशरण गाउँपालिका–७ निबासी १८ बर्षकी संगिता भण्डारी, रोल्पाको त्रिवेणी गाउँपालिका –४ निबासी २० बर्षका मनोज विक, तुलसीपुर –१८ निबासी कर्णबहादुर नेपाली रहेका छन् ।

त्यसैगरी अन्य घाइतेहरुमा शान्तिनगर गाउँपालिका – ६ निबासी २६ बर्षका वुद्धिराम चौधरी, गढवा गाउँपालिका – ५ निबासी २६ बर्षका अनोज चौधरी, तुलसीपुर –११ निबासी ४० बर्षकी कमला चलाउने तुलसीपुर–१८ निबासी निबासी ६६ बर्षका टोपबहादुर जनईदार, राप्ती गाउँपालिका–२ निबासी १८ बर्षका अशोक चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको उपचारमा संलग्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। विनोद सिंहले जानकारी दिनुभयो ।

घोराहीबाट तुलसीपुर आउँदै गरेको ना६ख ७६३३ नम्बरको बस घोराही तुलसीपुर सडक खण्डको मोतिपुर ओरालोमा ब्रेक फेल भएका कारण अनियन्त्रीत भएर पल्टिएको ट्राफिक प्रहरी कार्यालय तुलीपुरले जानकारी दिएको छ । घटना बेलुकी पौने पाँच बजे भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्