एकल महिला र अपाङ्गता भएका व्यक्तिले चौमासिक भत्ता पाउने – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

एकल महिला र अपाङ्गता भएका व्यक्तिले चौमासिक भत्ता पाउने

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ
पौने चार लाख सामाजिक सुरक्षा भत्ता पाउन छुटेका एकल महिला र अपाङ्गता भएका व्यक्तिले चालु आर्थिक वर्षको अन्तिम चौमासिक भत्ता पनि पाउने भएका छन् ।

जेठ २२ गते सरकारले खाइ पाइ आएका साठी वर्ष उमेर पूरा नगरेका एकल महिला र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई भत्ता उपलब्ध गराउने निर्णय गरेपछि उनीहरूले भत्ता पाउन लागेका राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले जनाएको छ ।

यो निर्णय कार्यान्वयनका लागि सबै स्थानीय तहलाई परिपत्र गरिसकिएको विभागका निर्देशक एवम सूचना अधिकारी शिवराज जोशीले सीआइएनसँग बताउनुभयो । यसअघि सामाजिक सुरक्षा ऐन २०७५ र सामाजिक सुरक्षा नियमावली २०७६ कार्यान्वयनमा आएसँगै ६० वर्ष पूरा नगरेका तीन लाख एकल महिला र ८५ हजार अति अशक्त अपाङ्गता भएका व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका थिए ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका अनुसार ३२ लाख ४५ हजार पाँच सय ४१ जनाले विभिन्न प्रकारको सामाजिक सुरक्षा भत्ता पाउदै आएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्