प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेलाई स¥यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेलाई स¥यो

    मा प्रकाशित

कार्तिक ७, दाङ ।
प्रदेश १ को प्रदेशसभा बैठक एक हप्ता पर सरेको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आज बोलाइएको प्रदेशसभा बैठक आउँदो १५ गतेसम्मका लागि स्थगित गरिएको हो ।

प्रदेश सभा सचिवालयले सूचना निकालेर आजका लागि बोलाइएको बैठक कात्तिक१५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो । नेपाली काँग्रेस र नेकपा (एमाले)को आग्रहमा बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ । यसअघि अस्ति शुक्रबार मुख्यमन्त्री आचार्यले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव टेबुल गर्नुभएको थियो । तर त्यसदिन पनि सभामुख भण्डारीले बैठक स्थगित गर्नुभएको थियो ।

तत्कालिन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै गत भदौ १० गते आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको एक महिनामा विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्