बेमौसमी वर्षाले राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षतिः सडक विभाग – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बेमौसमी वर्षाले राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षतिः सडक विभाग

    मा प्रकाशित

कार्तिक ७, काठमाडौँ ।
गत आइतबारदेखि भएको वर्षाका कारण राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ ।सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आज प्रारम्भिक क्षतिको विवरण प्रस्तुत गर्दै गत आइतबारदेखि भएको वर्षापछि आएको बाढी पहिरोले १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिनुभयो ।

 

उहाँका अनुसार कात्तिक १ गतेयता बाढी पहिरोको कारण १० वटा राजमार्ग र सडक १८ ठाउँमा अवरुद्ध छन् ।बाढी पहिरोका कारण ४ वटा राजमार्ग अहिले पनि अवरुद्ध रहेको र ६ ठाउँमा अहिले पनि गाडी चलाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्