चालु आर्थिक वर्ष २०७८/७९ का लागिपशुु सेवा विज्ञ केन्द्र दाङको बजेट १० करोड ३१ लाख – Kanika Khabar
Thursday, March 28Nepali News Portal

चालु आर्थिक वर्ष २०७८/७९ का लागिपशुु सेवा विज्ञ केन्द्र दाङको बजेट १० करोड ३१ लाख

    मा प्रकाशित

८ कात्तिक, दाङ ।
भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङले चालु आर्थिक बर्षमा पशु स्वास्थ्य र विकासमा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र संघबाट आएको बजेट कार्यक्रम सार्वजनिक गरेको हो ।

चालु बर्षका लागि १० करोड ३१ लाख ७६ हजार रुपैयाँको बजेट र कार्यक्रम आएको केन्द्रका प्रमुख डा। बेदबहादुर केसीले जानकारी दिनुुभएको छ । जस अनुसार मिसन कार्यक्रम, सेवा टेवा बिस्तार, खाद्य तथा पोषण सुरक्षा, पशु विकास तथा स्वास्थ्य कार्यक्रम, मत्स्य विकास, स्मार्ट कृषि गाउँ, प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजना एवं पशुुपंक्षी रोग विरुद्धको खोप कार्यक्रममा उक्त बजेट आएको डा. केसीको भनाई छ ।

पशुुपंक्षी तथा मत्स्य कार्यक्रम मार्फत पोषण सुधार गर्ने, आयआर्जन बढाउने, पशुपंक्षी पालनलाई व्यवसायीकरण गर्ने, किसानको क्षमता अभिबृद्धी गर्ने र बढ्दै बैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै आफ्नै गाउँठाउँमा युवालाई स्वरोजगार बनाउने उदेश्य लिएको केन्द्रले जनाएको छ ।

त्यसैगरी, प्रबिधि प्रसार गर्ने, स्मार्ट पशुुपालन गाउँ बनाउने, पशुुपंक्षीमा लाग्नु रोगलाई नियन्त्रण गर्ने र किसानहरुलाई पशुपंक्षी पालनमा आकर्षित गर्दै अर्थतन्त्रलाई सम्पन्ता सँग जोड्ने गरी कार्यक्रमहरु आएको डा.केसीको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले किसानलाई प्रोत्साहन, सम्मान गर्दै आयस्रोत बढाउने कार्यक्रम अहिलेको प्रमुख आबस्यकता भएको बताउनुुभयो । त्यसैगरी, कृषि ज्ञान केन्द्रका अधिकृत पृतुमान चौधरी, घोराही उपमहानगरपालिकाका पशुु शाखा प्रमुख जीवराज पौडेल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुुन्धरा गौतमले किसानको उत्थान र प्रबद्र्धनमा आएको बजेट कार्यक्रमको सहि सदुुपयोग हुुनुुपर्नेमा जोड दिनुुभयो ।

किसानहरु पनि चनाखो हुुन आबस्यक रहेको भन्दै कृषी र पशुुपालनबाट पनि संबृद्धी ल्याउन सकिने तर्फ उत्साह जगाउनुु पर्नेमा उहाँहरुको जोड छ । कार्यक्रमको सहजिकरण विज्ञ केन्द्रका अधिकृत छैठौ भरतराज देबकोटाले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्