शिक्षामन्त्री पौडेल र नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्टले आज शिष्टाचार भेट – Kanika Khabar
Friday, March 29Nepali News Portal

शिक्षामन्त्री पौडेल र नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्टले आज शिष्टाचार भेट

    मा प्रकाशित

काठमाडौं, कात्तिक ८ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्टले शिष्टाचार भेट गर्नुभएको छ ।

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ ले नेपालको शिक्षा क्षेत्रमा पारेको प्रभावबारे छलफल भएको थियो । सो भेटका अवसरमा मन्त्री पौडेलले युनेस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य नै आफूहरुको प्राथमिकतामा रहेको स्पष्ट गर्नुभएका थियो ।

मन्त्री पौडेलले शिक्षा नै सबै नागरिकको ढोका खोल्ने अवसर भएकाले युनेस्कोलाई नेपालमा शिक्षाका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको थियो । सो भेटका अवसरमा नेपालस्थित युनेस्कोका प्रमुख माइकलले आफूहरु नेपालमा शिक्षा क्षेत्रमा काम गर्न आएको बताउँदै यस क्षेत्रमा प्राथमिकता तोकेर दिन आग्रह गर्नुभएको थियो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा युनेस्कोग्राम बनाउने विषयमा पनि मन्त्री पौडेल र माइकलबीच छलफल भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्