कनिका डेस्क
जेठ २९, दाङ
कोरोना महामारीका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी ¥याली सुरु गर्ने घोषणा गर्नुभएको छ । ट्रम्पले कम्तिमा चार राज्यमा चुनावी ¥याली गर्ने बताउनुभएको छ । कोरोना संक्रमण सुरु भएपछि तीन महिना अगाडि चुनावी ¥याली स्थगित गरिएको थियो । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले ओकाहामा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलिनाबाट चुनावी ¥याली सुरु गर्ने जानकारी दिनुभयो । अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पको प्रतिस्पर्धी जो बिडेन रहनुभएको छ । अमेरिकामा यसै वर्षको नोभेम्बर महिनामा राष्ट्रपति पदको चुनाव हुँदैछ ।
मा प्रकाशित