कुमाल समुदायलाई तिहारको चटारो : तिहार नजिकिँदै गर्दा माटोका पाला बनाउन भ्याई नभ्याई – Kanika Khabar
Thursday, April 18Nepali News Portal

कुमाल समुदायलाई तिहारको चटारो : तिहार नजिकिँदै गर्दा माटोका पाला बनाउन भ्याई नभ्याई

    मा प्रकाशित

           शिवु खनाल
देउखुरी, ९ कात्तिक।
नेपालीको दोस्रो ठूलो चार्ड तिहार नजिकिएसँगै बजारमा तिहारको लागि आवश्यक सामाग्री उत्पादन र खपत बढ्दै गएको छ । अहिले बजारमा तिहारको लागि आवश्यक पर्ने सामाग्रीहरु भाईमसला, फलफूल, सयपत्री र मखमली फूलको मालासँगै दियो बाल्ने पालाको समेत खपत र माग बढ्दै गएको छ । तिहार नजिकिएसँगै बजारमा पालाको माग बढ्दै गएकाले दाङ देउखुरी गढवा गाउँपालिकाका कुमाल समुदायलाई पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउने चटारो सुरु भएको छ । परम्परागत रुपमा नै कुमाल समुदायहरुले तिहारमा बत्ति बाल्नको लागि प्रयोग हुने पाला बनाउनमा नै दिनचर्या बित्ने गरेको छ । तिहारमा पालाको माग उच्च हुने भएपछि यतिखेर उनीहरुले अन्य माटाका भाँडाको साथै पाला बनाउन व्यस्त छन् । तिहारमा लक्ष्मी पूजाका लागि खुत्रुकेको समेत माग उच्च हुने गरेकाले खुत्रुकेका लागि पनि उनीहरु व्यस्त छन् ।
प्रत्येक वर्ष तिहारका लागि आवश्यक पर्ने माटोका सामग्री बनाउन गढवा गाउँपालिका अन्र्तगतका विभिन्न कुमाल समुदायहरुलाई भ्याइ नभ्याइ हुन्छ । विगतका वर्षहरु भन्दा यसवर्ष तिहारको लागि पाला बनाउने काम दुई महिना अघिबाटै सुरु भएको हो । यो वर्ष पालाको माग ५० प्रतिशतले वृद्धि भएकाले पहिलेको वर्षहरुमा झैं माटाका पाला बनाउने चटारो भएको गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी नेपालु थारु कुमालले बताउनुभयो । ‘कोरोना महामारीका कारणले माटोको भाडा बनाउने पेशामा पनि असर पु¥यायो । जसकारण पेशाबाटै विस्थापित हुनु पर्ने परिस्थिती सृजना भएको थियो । तर, हाल आएर अवस्था केही सहज भएकाले तिहारका लागि सामग्री बनाउन भ्याइ नभ्याइ छ ।’ यता गढवा गाउँपालिका वडा नम्बर १ पत्रिङ्गा निवासी जागुराम कुमाल भन्नुहुन्छ, विगतका वर्षहरुमा तिहार लाग्नु भन्दा अगाडिदेखि नै पाला बनाउन भ्याइ नभ्याइ हुने गरेको र यसवर्ष पनि निकै ठूलो मात्रामा सामग्रीहरूको माग भएकाले काम पनि बढि चाप भएको छ । वर्षमा दुईलाख पाला बिक्री गर्ने तथा बनाउने गरेकोमा यो वर्ष तिहारमा मात्रै २ लाख भन्दा बढी पाला बनाउने तयारीमा रहेको कुमालले बताउनुभयो ।
पहिला पहिला हातले नै माटोका भाडा बनाउने कुमाल समुदायले अहिले आधुनिक मेशिनबाट माटोका सामाग्री बनाउने गरेका छन् । तिहार नजिकिँदै गएकाले यो समुदायलाई माटोको पाला लगायतको सामाग्री बनाउने र सुकाउने चटारो नै हुन्छ । दाङमा मात्र नभई पालाको माग बाहिरी जिल्लाका बजारमा समेत बढ्दै गएको छ । गढवाको पाला तुलसिपुर, घोराही, लमही, प्यूठान, कपिलबस्तु, नेपालगंज बुटवल लगायतका विभिन्न ठाउँमा विक्री हुने गरेको छ । यतिबेला कुमाल समुदायमा घरका पुरुष माटो ल्याउने, माटो मुछ्ने, भाडा बनाउन, भाडा पोल्ने लगायतका काम गर्छन् भने महिलाहरु भने भाडा सुकाउने, रङ्ग लगाउने र उत्पादित सामग्रीहरूको व्यवस्थापनमै व्यस्त छन् । तिहारमा कुमाल समुदायका एक परिवारमा कम्तीमा एकलाख देखि तीन लाखसम्मको पाला बिक्री हुने गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्