न्यायालय विवाद : सर्वोच्च अदालतको इजलास प्रभावित हुँदै – Kanika Khabar
Saturday, April 20Nepali News Portal

न्यायालय विवाद : सर्वोच्च अदालतको इजलास प्रभावित हुँदै

    मा प्रकाशित

कार्तिक ९, दाङ ।
प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवाद बढ्दै जाँदा सर्वोच्च अदालतको इजलास प्रभावित हुँदै गएको छ । न्यायाधीशहरुले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराले आचरण विपरीत काम गरेको आरोप लगाउँदै राजीनामा दिन माग गर्दै आएका छन् ।

प्रधानन्यायधिस जवराको राजीनामा आइनसकेको अवस्थामा न्यायाधिसहरुले इजलास अबरुद्ध पार्दै आएका छन् । प्रधानन्यायाधीश जबराले आज ७ वटा संयुक्त र एउटा एकल इजलास तोक्नुभएको थियो । तर कुनै पनि इजलासमा मुद्दा सुनुवाइ हुन नसकेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

आज प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उहाँलाइ राजीनामा दिन फेरि पनि आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश जबराले आफूले सडकमा माग गरिएको भरमा राजीनामा नदिने जवाफ फर्काउनुभएको छ ।

प्रधानन्यायधीश र न्यायाधीशहरुको विवादका कारण सर्वोच्च अदालतको इजलास थप प्रभावित हुने देखिएको छ । यसबारेमा थप छलफल गरी भोलि आवश्यक निर्णय लिइने न्यायाधीशहरुले बताएका छन् । सर्वोच्च अदालतका न्यायाधीशले हिजोदेखि प्रधानन्यायाधीशले तोकेको इजलास बहिस्कार गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्